मनाङ एयर दुर्घटना : घाइते पाइलटलाई थप उपचारका लागि भारत लैजाने तयारी

नेपालभ्युज

मनाङ एयर दुर्घटना : घाइते पाइलटलाई थप उपचारका लागि भारत लैजाने तयारी

काठमाडौं । मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईंलाई थप उपचारका लागि भारत लैजाने तयारी भएको छ ।

ह्याम्स अस्पतालमा उपचाररत उनलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजाने तयारी भएको अस्पतालले शनिबार साँझ एक विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

उनलाई साढे सात बजे  विमानमार्फत् थप उपचारका लागि भारत लैजाने तयारी भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार उनको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अवस्था छ। साथै उनको फोक्सो, मेरूदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको छ ।

उनको शरीर र हातको उपचारका लागि अपरेसन कक्षमा डेब्रिडेमेन्ट र इस्कराटोमी गरी उपचार भएको अस्पतालका डाक्टर सबिन कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ।

उनि शनिबार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटनामा  घाइते भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved