विश्वकप क्रिकेट : बङ्गलादेशले दियो न्युजिल्यान्डलाई २४६ रनको लक्ष्य, मुस्फिकुर रहिमको अर्धशतक

नेपालभ्युज

विश्वकप क्रिकेट : बङ्गलादेशले दियो न्युजिल्यान्डलाई २४६ रनको लक्ष्य, मुस्फिकुर रहिमको अर्धशतक
तस्वीर स्रोतः क्रिकइन्फो

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटमा बङ्गलादेशले न्युजिल्यान्डलाई २४६ रनको लक्ष्य दिएको छ।

भारतको चेन्नाइमा जारी खेलमा पहिले ब्याटिङ गरेको बङ्गलादेशले पूरै ओभरमा ९ विकेटको क्षतिमा २४५ रन बनाएको हो।

बङ्गलादेशको लागि मुस्फिकुर रहिमले ६६ र शकिब अल हसनले ४० रन जोडे। रहिमले ५२ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे।

न्युजिल्यान्डको लागि लकी फग्र्युसनले ३ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved