गैरीगाउँ सामुहिक हत्या प्रकरण :

२३ वर्षीय सञ्जयको दाबी- गैरीगाउँमा ४ जनासहित १० ठाउँमा हत्या गरेँ

सञ्जय भण्डारीले रातोपुल, धुम्बराही, भत्केको पुल, भाटभटेनी, बौद्ध, भक्तपुरको बोडे, सिन्धुपाल्चोकको दुवाचौर, पाँचपोखरी र नाम्चेमा पनि हत्या गरेको उल्लेख गरेका छन्। विभिन्न मितिमा मान्छे मारेको उनले बयानमा भनेका छन्।

नेपालभ्युज

२३ वर्षीय सञ्जयको दाबी- गैरीगाउँमा ४ जनासहित १० ठाउँमा हत्या गरेँ

काठमाडौं। काठमाडौंको गैरीगाउँमा एक महिनाअघि भएको चार जनाको सामूहिक हत्यामा संलग्न सञ्जय भण्डारीले थप ९ ठाउँ मान्छे मारेको दाबी गरेका छन्।

विशाल राईले चढाएको मोटरसाइकलले ठक्कर दिएको झोँकमा एक जनाको हत्या गर्न जाँदा थप तिन जना मारेको बयान दिएका उनले थप ९ ठाउँ मान्छे मारेको बयान दिएका छन्।

मोटरसाइकलले ठक्कर दिँदा चालकको अनुहार, आँखा, शरीरको जिउडाललगायतका हुलिया राम्रोसँग नियालेका कारण पछि हत्या गरेको उनले बताए।

सरकारी वकिलको रोहबरमा प्रहरीसँग दिएको बयानमा उनले त्यसो जिकिर गरेका हुन्। उनले बयानमा भनेका छन्, ‘‘एकपटक देखेको व्यक्तिलाई सधैँ चिन्न सक्छु र हरेक कुरा लामो समयसम्म दिमागमा राख्न सक्छु। यसैले मैले बदला लिएँ।’’

सञ्जय भण्डारीले रातोपुल, धुम्बराही, भत्केको पुल, भाटभटेनी, बौद्ध, भक्तपुरको बोडे, सिन्धुपाल्चोकको दुवाचौर, पाँचपोखरी र नाम्चेमा पनि हत्या गरेको उल्लेख गरेका छन्। विभिन्न मितिमा मान्छे मारेको उनले बयानमा भनेका छन्।

गैरीगाउँ सामूहिक हत्याकाण्डका आरोपीत सञ्जयमाथि आजीवन कारावासको माग गर्दै मुद्दा

उनले यो बयान सांकेतिक भाषाका दोभासे राष्ट्रिय बहिरा संघ नेपालका अध्यक्ष केपी अधिकारी र जनक पौडेल समेतको रोहबरमा दिएका हुन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंले यो प्रकरणको अनुसन्धान सकेर बुझाएको राय््््सहितको प्रतिवेदनका आधारमा शुक्रबार अदालतमा मुद्दा दर्ता भएको छ। सरकारी वकिल कार्यालयले भण्डारीलाई बाँचुन्जेल जेल (आजीवन कारावास) को माग दाबीसहित अभियोग पत्र दायर गरेको हो।

जन्मजात बोल्न नसक्ने (फरक क्षमता भएका) सञ्जय भण्डारीले घटना स्विकारेका छन्। प्रहरीले दोभासेमार्फत बयान लिएको थियो।

पेप्सीकोलामा दिदी भिनाजुकोमा बस्दै आएका सिन्धुपाल्चोक बाह्रबिसेका भण्डारीलाई प्रहरीले सीसीटीभी फुटेजका आधारमा नियन्त्रणमा लिएको थियो।
प्रहरीले आरोपी भण्डारीको साथबाट बरामद भएको कपडा र हतियारमा देखिएको रगतसँग मृतकहरूको डीएनए मिलेको अनुसन्धानबाट खुलेको बताएको छ। सोही प्रमाणसमेत अदालतमा दायर भएको छ।

गैरीगाउँ हत्याकाण्डका अभियुक्तको बयान- जसले प्रहरीलाई घुमाउँदै छ, रातो पुलदेखि बौद्धसम्म फनफनी

सञ्जयले अन्य व्यक्तिको पनि हत्या गरेको बयान दिएका छन्। अनुसन्धानका क्रममा प्रहरीले उनको ‘ब्रेन म्यापिङ’ (दिमागी अवस्था परीक्षण) गरेको थियो। उक्त परीक्षणमा भण्डारीको दिमाग तीक्ष्ण देखिएको थियो।

२९ भदौमा गैह्रीगाउँको एक काठमिलमा दोलखाको कालिञ्चोक गाउँपालिका– ८ का ५६ वर्षीय पूर्णबहादुर भुजेल, उनकी श्रीमती ५० वर्षीया अम्बिका भुजेल, ७६ वर्षीया आमा सुभद्रा भुजेल तथा धनकुटाका १९ वर्षीय नवीन भन्ने विशाल राईको खुकुरी प्रहार प्रहार गरी हत्या भएको थियो। यी हत्या सञ्जयले नै गरेको प्रहरीको आरोप छ।

सम्बन्धित समाचार –

गैरीगाउँ हत्याकाण्डका अभियुक्त सञ्जय : युवती पनि मारेको दाबी

चार जनाको हत्या भएको काठमिल नेताको, करोडौंको कारोबार हुने ठाउँमा किन थिएन सीसीटीभी ?

गोकर्णमा श्राद्ध गर्न काठमाडौं आएकी थिइन् सुभद्रा, घर जानुअघि राति नै मारिइन्

गैह्रीगाउँ हत्या प्रकरण : चार जनाको हत्या भएपछि यस्तो देखियो घटनास्थल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved