गैरीगाउँ हत्याकाण्डका अभियुक्तको बयान- जसले प्रहरीलाई घुमाउँदै छ, रातो पुलदेखि बौद्धसम्म फनफनी

घटनास्थल भन्दै विभिन्न ठाउँ घुमाएर प्रहरीलाई दिँदै हैरानी

कहिले सञ्जयले रातोपुल, कहिले भत्केको पुल, कहिले बालुवाटार क्षेत्र, कहिले बौद्धमा आफूले दुईचार जनाको हत्या गरेको भनेका छन्। कहिले घटना चारपाँच वर्षअघि र सात वर्षअघिको बताउँछन्।

नेपालभ्युज

गैरीगाउँ हत्याकाण्डका अभियुक्तको बयान- जसले प्रहरीलाई घुमाउँदै छ, रातो पुलदेखि बौद्धसम्म फनफनी
अभियुक्त संञ्जय र उनले बयानका क्रममा बताएको घटनास्थल

काठमाडौं। काठमाडौंको गैह्रीगाउँमा ४ जनाको सामूहिक हत्या गरेको आरोप लागेका २३ वर्षीय युवकले हिरासतबाटै प्रहरीलाई सताइरहेका छन्।
जन्मजात बोल्न नसक्ने (फरक क्षमता भएका) सञ्जय भण्डारीले प्रहरीले बहिरा संघका अधिकारी र दोभासे अगाडि राखेर सोधपुछ गरिरहँदा अनेक कुरा गरेर सताएका हुन्।

पेप्सीकोलामा दिदी भिनाजुकोमा बस्दै आएका सिन्धुपाल्चोक बाह्रबिसेका भण्डारीलाई प्रहरीले सीसीटीभी फुटेजका आधारमा नियन्त्रणमा लिएको थियो। गैह्रीगाउँमा अघिल्लो शुक्रबार राति हत्या गरेको घटनाका उनी अभियुक्त हुन्।

अनुसन्धानमा खटिएका एक अधिकारीका अनुसार सञ्जयले विभिन्न ठाउँमा हत्या गरेको भन्दै प्रहरीलाई घुमाइरहेको छ।

ती प्रहरी अधिकारी भन्छन्, ‘‘कहिले काठमाडौंको रातोपुल, कहिले भत्केको पुल, कहिले बालुवाटार क्षेत्र, कहिले बौद्धमा आफूले दुई ,चार जनाको हत्या गरेको भनेका छन्। कहिले घटना चारपाँच वर्षअघि र सात वर्षअघिको बताउँछन्। अब उनले भनेको कुरा के हो भन्ने बारेमा घटनास्थलमै गएर सोधपुछ भइरहेको छ। तर, उनले भनेका कुरा हावादारी देखिन्छ। प्रहरीलाई दु:ख दिने नियत देखिन्छ।’’

गैरीगाउँ हत्याकाण्डका अभियुक्त सञ्जय : युवती पनि मारेको दाबी

सञ्जयको उमेर भने अहिले २३ वर्षको छ। यस हिसाबले उनले धेरै वर्षअघि हत्या गरेको भन्दै गलत बयान दिँदै प्रहरीलाई हैरान बनाएको अनुमान छ।

सञ्जयले केहीलाई मारेर गाडेको पनि बताएका छन्। ‘‘पत्याउनु हुन्न भने ती ठाउँमा खनेर हेर्नुस् भन्ने सञ्जयले प्रहरीलाई भन्ने गरेका छन्। यति भनेपछि खनेर हेर्नैपर्‍यो। तर, केही भेटिँदैन। ती मितिमा कुनै मानिसहरू हराएका पनि रेकर्डमा भेटिँदैनन्’’ अनुसन्धानमा खटिएका ती अधिकारीले भने।

ती अधिकारीका अनुसार सञ्जयले काठमाडौं, ललितपुर र सिन्धुपाल्चोकमा पनि मान्छे मारेको बताएका छन्।

सञ्जयले दुई वर्षअघि बौद्धको टाउन प्लानिङमा मान्छेको एउटा मात्र खुट्टा भेटिएको घटना पनि आफूले गराएको उनले दाबी गरेका छन्। हत्या गरेर एउटा खुट्टा बोरामा ल्याएर राख्ने सीसीटीभीमा देखिएका चार जनामध्ये आफू रहेको उनले दाबी गरेका छन्।

प्रहरीले सञ्जयले मान्छे मारेको भनेका ठाउँमा प्रहरीले बुझेको पनि थियो। स्वयं उनलाई पनि ती घटनास्थलमा पुर्‍याएको थियो। तर, उनले बोलेका ठाउँमा शंका गर्ने केही ठाउँहरू चाहीँ रहेको ती अधिकारी बताउँछन्।

चार जनाको हत्या भएको काठमिल नेताको, करोडौंको कारोबार हुने ठाउँमा किन थिएन सीसीटीभी ?

लागुऔषध मुद्दामा पक्राउ गरेर ल्याइएका एक युवकलाई पनि सञ्जयले एउटा हत्यामा जोडेका छन्।

गत साता गैह्रीगाउँको एक काठमिलमा दोलखाको कालिञ्चोक गाउँपालिका– ८ का ५६ वर्षीय पूर्णबहादुर भुजेल, उनकी श्रीमती ५० वर्षीया अम्बिका भुजेल, ७६ वर्षीया आमा सुभद्रा भुजेल तथा धनकुटाका १९ वर्षीय नवीन भन्ने विशाल राईको खुकुरी प्रहार प्रहार गरी हत्या भएको थियो। यी हत्या सञ्जयले नै गरेको प्रहरीले पुष्टि गरेको छ।

गोकर्णमा श्राद्ध गर्न काठमाडौं आएकी थिइन् सुभद्रा, घर जानुअघि राति नै मारिइन्

गैह्रीगाउँ हत्या प्रकरण : चार जनाको हत्या भएपछि यस्तो देखियो घटनास्थल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved