गैरीगाउँ हत्याकाण्डका अभियुक्त सञ्जय : युवती पनि मारेको दाबी

घटनास्थल देखाउने भन्दै प्रहरीलाई हैरान बनाउँदै

सिन्धुपाल्चोक (बाह्रबिसे– ९)का २३ वर्षीय सञ्जयले प्रहरीलाई बयान दिने क्रममा चाबहिल भत्केको पुल, भाटभटेनीलगायतका ठाउँमा युवती मारेको बयान दिएका छन् ।

नेपालभ्युज

गैरीगाउँ हत्याकाण्डका अभियुक्त सञ्जय : युवती पनि मारेको दाबी
अभियुक्त संञ्जय र उनले बयानका क्रममा बताएको घटनास्थल

काठमाडौं। एक साताअघि काठमाडौंको गैरीगाउँमा ४ जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका बोल्न नसक्ने युवा सञ्जय भण्डारीले अनुसन्धानको क्रममा अरू पनि हत्या गरेको बताएका छन्।

सिन्धुपाल्चोक (बाह्रबिसे– ९)का २३ वर्षीय सञ्जयले प्रहरीलाई बयान दिने क्रममा चाबहिल भत्केको पुल, भाटभटेनीलगायतका ठाउँमा युवती मारेको बयान दिएका हुन्।

फरक क्षमताका उनी सुन्न र बोल्न सक्दैनन्। लिखित रूपमा दिएको बयान र सांकेतिक भाषामा दिएको बयानका आधारमा प्रहरीले बिहीबार साँझ भत्केको पुलको एक होटेलमा सोधपुछ गरेको थियो।

सञ्जयले भत्केको पुलको मुखमा (हाँडीगाउँतर्फ)रहेको रामेछाप खाना तथा खाजाघरमा समेत युवतीको हत्या गरेको दाबी गरेपछि प्रहरी त्यहाँ पुगेको थियो । सञ्जयले दाबी गरेअनुसार घटना सातआठ वर्ष अघिको हो। सञ्जयलाई समेत उनले भनेको घटनास्थलमा लगिएको थियो।

सञ्जयको उमेर भने अहिले २३ वर्षको छ। यस हिसाबले उनले गलत बयान दिँदै प्रहरीलाई हैरान बनाएको अनुमान छ।

चार जनाको हत्या भएको काठमिल नेताको, करोडौंको कारोबार हुने ठाउँमा किन थिएन सीसीटीभी ?

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘‘विभिन्न ठाउँमा हत्या गरेको छु भन्दै देखाउन लैजान्छन्। त्यहाँ पुगेर प्रारम्भिक अनुसन्धान गर्दा कहिले घटना नै नभएको वा मानिस हराएको उजुरी नपरेको भन्ने बुझिन्छ। उनले हैरान बनाइरहेका छन्।’’

संञ्जयले बयानका क्रममा बताएको घटनास्थल, जहाँ प्रहरीले बिहीबार साँझ सोधपुछ गरेको थियो।

उनले पक्राउ परेकै दिन आफूलाई घर जान दिनुपर्ने माग गरेका थिए। अहिले पनि उनले विभिन्न माग राखेर प्रहरीलाई हैरान बनाउने गरेको अनुसन्धान अधिकृतहरूले बताउँछन्।

बोल्न नसक्ने उनले आफूले गैरीगाउँको हत्या कसरी गरेको, किन गरेको भन्नेबारे निर्धक्कसँग लेख्ने गरेको ती प्रहरी अधिकारीको भनाइ छ।

प्रहरी अधिकारीका अनुसार हिरासत बसाइका कारण सञ्जय मानसिक रूपमा विक्षिप्त छन् । ‘‘उनले सबैसँग प्रतिशोध साँध्न खोजेको देखिन्छ। आफूलाई पक्राउ गरेर ल्याउने व्यक्तिलाई चिनाइदिन भन्दैआएका छन्’’ ती अधिकारी भन्छन्।

गोकर्णमा श्राद्ध गर्न काठमाडौं आएकी थिइन् सुभद्रा, घर जानुअघि राति नै मारिइन्

उनीसँग जिल्ला अदालत काठमाडौंका न्यायाधीशले ३० मिनेटभन्दा बढी समय लगाएर दोभासेको माध्यमबाट सोधपुछ गरेका थिए । मोटरसाइकलले ठक्कर दिएको विषयमा प्रतिशोध साँध्न उनले धनकुटाका विशाल राईसहित ४ जनाको हत्या गरेको अभियोग छ। उनले अदालतमा पनि आफूले हत्या गरेको स्वीकारेका छन्।

गतसाता गैरी गाउँको एक काठमिलमा दोलखाको कालिन्चोक गाउँपालिका– ८ का ५६ वर्षीय पूर्णबहादुर भुजेल, उनकी श्रीमती ५० वर्षीया अम्बिका भुजेल, ७६ वर्षीया आमा सुभद्रा भुजेल तथा धनकुटाका १९ वर्षीय नवीन भन्ने विशाल राईको खुकुरी प्रहार प्रहार गरी हत्या भएको थियो। यी हत्या सञ्जयले नै गरेको अभियोग छ ।

गैह्रीगाउँ हत्या प्रकरण : चार जनाको हत्या भएपछि यस्तो देखियो घटनास्थल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved