काठमाडौं। काठमाडौंको गैह्रीगाउँमा ४ जनाको सामूहिक हत्या गरेको आरोप लागेका २३ वर्षीय युवक सञ्जय भण्डारीविरुद्ध मुद्दा दायर भएको छ।
सरकारी वकिल कार्यालयले भण्डारीलाई बाँचुन्जेल जेल (आजीवन कारावास) को माग दाबीसहित अभियोग पत्र दायर गरेको हो।
जन्मजात बोल्न नसक्ने (फरक क्षमता भएका) सञ्जय भण्डारीले घटना स्विकारेका छन्। प्रहरीले दोभासेमार्फत बयान लिएको थियो।
पेप्सीकोलामा दिदी भिनाजुकोमा बस्दै आएका सिन्धुपाल्चोक बाह्रबिसेका भण्डारीलाई प्रहरीले सीसीटीभी फुटेजका आधारमा नियन्त्रणमा लिएको थियो।
प्रहरीले आरोपी भण्डारीको साथबाट बरामद भएको कपडा र हतियारमा देखिएको रगतसँग मृतकहरूको डीएनए मिलेको अनुसन्धानबाट खुलेको बताएको छ। सोही प्रमाणसमेत अदालतमा दायर भएको छ।

व्यक्तिगत प्रतिशोध (रिसिबी) का कारण हत्या भएको प्रहरीको निष्कर्ष छ।
सञ्जयले अन्य व्यक्तिको पनि हत्या गरेको बयान दिएका छन्। अनुसन्धानका क्रममा प्रहरीले उनको ‘ब्रेन म्यापिङ’ (दिमागी अवस्था परीक्षण) गरेको थियो। उक्त परीक्षणमा भण्डारीको दिमाग तीक्ष्ण देखिएको थियो।
२९ भदौमा गैह्रीगाउँको एक काठमिलमा दोलखाको कालिञ्चोक गाउँपालिका– ८ का ५६ वर्षीय पूर्णबहादुर भुजेल, उनकी श्रीमती ५० वर्षीया अम्बिका भुजेल, ७६ वर्षीया आमा सुभद्रा भुजेल तथा धनकुटाका १९ वर्षीय नवीन भन्ने विशाल राईको खुकुरी प्रहार प्रहार गरी हत्या भएको थियो। यी हत्या सञ्जयले नै गरेको प्रहरीको आरोप छ।
सम्बन्धित समाचार –
गैरीगाउँ हत्याकाण्डका अभियुक्तको बयान- जसले प्रहरीलाई घुमाउँदै छ, रातो पुलदेखि बौद्धसम्म फनफनी
गैरीगाउँ हत्याकाण्डका अभियुक्त सञ्जय : युवती पनि मारेको दाबी
चार जनाको हत्या भएको काठमिल नेताको, करोडौंको कारोबार हुने ठाउँमा किन थिएन सीसीटीभी ?
गोकर्णमा श्राद्ध गर्न काठमाडौं आएकी थिइन् सुभद्रा, घर जानुअघि राति नै मारिइन्
गैह्रीगाउँ हत्या प्रकरण : चार जनाको हत्या भएपछि यस्तो देखियो घटनास्थल
Facebook Comment
Comment