पाँच हजार डलरको ‘एसिया प्यासिफिक स्यानिटेशन एक्सिलेन्स अवार्ड’ वालिङ नगरपालिकाले पाउने

नेपालभ्युज

पाँच हजार डलरको ‘एसिया प्यासिफिक स्यानिटेशन एक्सिलेन्स अवार्ड’ वालिङ नगरपालिकाले पाउने

स्याङजा। पाँच हजार डलर रकमको ‘एसिया प्यासिफिक स्यानिटेशन एक्सिलेन्स अवार्ड २०२३’ वालिङ नगरपालिकाले पाउने भएको छ ।

एसिया प्यासिफिक क्षेत्रका संयुक्त नगरहरूको स्थानीय सरकारहरूको समूह(युसिएलजी–एसियाप्यासिफिक)बाट वालिङ उत्कृष्ट नगरको रूपमा सम्मानित हुने लागेको हो ।

अक्टोबर ६ मा युसिएलजी–एसिया प्यासिफिकका महासचिव डा बेर्नाडिया इरावती टीजन्द्रावतीले नगर प्रमुख कृष्ण खाँणलाई पत्र मार्फत वालिङ नगरपालिकाले अवार्ड जितेको बताएका हुन् ।

नगरप्रमुख कृष्ण खाँणले  एसिया प्यासिफिक क्षेत्रका नगरपालिकाहरु मध्ये वालिङ उत्कृष्ट नगरपालिकाको रूपमा घोषित भएको बताए। उनले नगरपालिकाले फोहोर मैला व्यवस्थापनमा गरेको कामको मूल्याङ्कन गर्दै युसिएलजीले वालिङलाई उत्कृष्ट नगरपालिका घोषणा गरेको उल्लेख गरे ।

नगरप्रमुख खाँणले नगरपालिकाले नगरभित्र उत्सर्जन हुने विभिन्न प्रकृतिका फोहोर मैला सही व्यवस्थापन गरी फोहोरलाई मोहरमा रूपान्तरण गर्ने अभियानले सार्थकता पाएको उल्लेख गरे।

नगर बासीहरूको सहयोग,कर्मचारीहरूको तदारुकता र जनप्रतिनिधिहरूको समर्पणले वालिङ सम्पत्ति बनेको बताउदै खाँणले अभियानलाई अझै उचाइमा लैजान फोहोरलाई पूर्ण रूपमा आम्दानीको स्रोतको रूपमा परिणत गर्न आवश्यक सबै कदमहरू अगाडि बढाउने बताए ।

सरसफाइको क्षेत्रमा दिगो विकासको लागि निर्दिष्ट बुँदाहरूको सही पालना तथा कार्यान्वयनको लागि नगरपालिका प्रतिबद्ध रहेको नगरप्रमुख खाँणको भनाई थियो।

पुरस्कार १३–१५ नोभेम्बर २०२३ मा चीनको यीवु सहरमा वितरण हुनेछ ।  अवार्ड वितरणको क्रममा एक जनालाई आते जाते तथा आना बस्नको सबै सुविधा संस्थाले बेहोर्ने बताएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved