कांग्रेस संसदीय दलको बैठक मंगलबार

नेपालभ्युज

कांग्रेस संसदीय दलको बैठक मंगलबार

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक मंगलबार सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्ने भएको छ । कांग्रेस संसदीय दलले सोमबार एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।

बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले  जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved