रुसी आक्रमणमा परी १२ जना घाइते

नेपालभ्युज

रुसी आक्रमणमा परी १२ जना घाइते

काठमाडौं। दक्षिणी युक्रेनको खेरसनस्थित आवासीय क्षेत्रमा गत राति भएको गोलाबारीमा नौ महिनाको बच्चासहित एक दर्जन व्यक्ति घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।

युक्रेनले गत नोभेम्बर २०२२ मा खेरसनको क्षेत्रीय राजधानीलाई फिर्ता लिएको थियो । तर, दक्षिणी शहर रुसी आक्रमणको निशानामा नै रहेको थियो ।

रुसी सेनाले बारम्बार सहर तथा बस्तीहरूलाई लक्षित गरी आक्रमण गर्दा खेरसनले भयानक स्थितिको सामना गर्नुपरेको क्षेत्रीय गभर्नर अलेक्जेन्डर प्रोकुडिनले बताएका छन् । आक्रमणमा ११ जना गम्भीर घाइते भएको तथा २७ वर्षकी आमा र उनकी छोरीलाई सामान्य घाइते अवस्थामा अस्पतालमा भर्ना गरेकोसमेत उनले बताए।

उनले गरेको पोस्टमा पर्खालका धेरै तला तथा झ्यालहरू पूर्णरूपमा क्षति भएको देखिन्छ ।  घाइतेमध्ये रेडक्रसमा काम गर्न एक ३३ वर्षीय चिकित्सक भएको र उनलाई अस्पताल भर्ना गरिएको युक्रेनी स्रोतले जनाएको छ।

आतङ्कवादी रणनीति भनेको रुसले विश्वास गर्ने विषय भएको राष्ट्रपतिका प्रमुख सुरक्षा सल्लाहकार इन्ड्री एमार्कले सामाजिक सञ्जाल टेलिग्राममा बताएका छन् ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved