सुडान युद्धमा मृत्यु हुनेको सङ्ख्या ९ हजारभन्दा बढी पुग्यो

नेपालभ्युज

सुडान युद्धमा मृत्यु हुनेको सङ्ख्या ९ हजारभन्दा बढी पुग्यो

एजेन्सी । सुडानको खार्तूमको दक्षिणमा रहेको जबल अवलियामा अर्धसैनिक बलले शनिबार गरेको आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको अधिकारकर्मीहरूले बताएका छन् ।

स्थानीय ‘प्रतिरोध समिति’का अनुसार शहरबाट करिब ५० किलोमिटर दक्षिणमा रहेको सानो सहरमा ‘सर्वसाधारणको घरभित्र बम खसेको’ छ ।

यो स्वयंसेवी समूह सुडानभरि प्रजातन्त्रसमर्थक प्रदर्शन गर्ने थुप्रै समूहमध्ये एक हो । गत अप्रिल १५ मा सेना र अर्धसैनिक बलबीच युद्ध सुरु भएयता यी समूहले द्वन्द्वमा फसेका मानिसहरूलाई सहयोग गरेका छन् ।

अर्धसैनिक बलहरूले सुडानका प्रतिद्वन्द्वी जनरलहरू बीचको लडाईंबाट पहिले जोगिएका क्षेत्रहरूमा भएको उनीहरूको पछिल्लो आक्रमणमा शहरमा ‘कैयौँ तोप’ प्रहार गरेको जबल अवलियाको समितिले रिपोर्ट गरेको छ ।

सेना प्रमुख अब्देल फतह अल बुरहान र उनका पूर्व डेपुटी र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) कमान्डर मोहम्मद हमदान डग्लोबीच खार्तूम र डार्फरको पश्चिमी क्षेत्रमा युद्ध हुँदै आएको छ ।

सशस्त्र द्वन्द्व स्थान र घटना तथ्याङ्क परियोजना (एसीएलईडी)ले अक्टोबरसम्ममा ‘नौ हजारभन्दा बढी मृत्यु’ रेकर्ड गरिएकोे शुक्रबार जानकारी गराएको छ ।

यस लडाईंका कारण सुडानमा करिब ४३ लाख मानिस विस्थापित भएका छन् भने करिब १२ लाख मानिस सीमा पार विस्थापित भएका छन् ।

हालैका हप्ताहरूमा, हिंसा अझ दक्षिणतिर सरेको छ, जसले राजधानीको दक्षिणमा अल जजिरा राज्यमा आश्रय लिएका तीन लाख ६६ हजारभन्दा बढी मानिसहरूको कमजोर सुरक्षालाई थप खतरामा पारेको छ ।

राजधानीबाट २०० किलोमिटर दक्षिणमा पर्ने खार्तूम र जजिरा राज्यको राजधानी वाड मदनीबीचको सडकमा आरएसएफले चेकप्वाइन्ट स्थापना गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

लाखौं मानिस फसेको खार्तूममा पनि युद्ध सुरु भएयता एक दिन पनि राहत मिलेको छैन ।

शहरको उत्तरी भागका प्रत्यक्षदर्शीहरूले शनिबार फेरि ‘हवाई आक्रमण’ र सडक आक्रमण भएको जानकारी दिएका छन् । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved