इजरायलमा नौ नेपाली घाइते, दुईको अवस्था गम्भीर : परराष्ट्र मन्त्रालय

नेपालभ्युज

इजरायलमा नौ नेपाली घाइते, दुईको अवस्था गम्भीर : परराष्ट्र मन्त्रालय

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते भएको र तीमध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

सरकारले इजरायलमा भएको आतङ्कवादी हमलाको भर्त्सना गर्दै इजरायलको सरकारप्रति ऐक्यबद्धता समेत जनाएको छ । सरकारले घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीर्ष स्वास्थ्य लाभको कामना गरेको छ ।

नेपाली दुतावासले नेपलीहरुको सुरक्षा र उद्धारको लागी इजरायल सरकारसँग निरन्तर सम्पर्कमा रहेको पनि विज्ञप्तीमा जनाइएको  छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved