गैह्रीगाउँ सामूहिक हत्या प्रकरण : पक्राउ परेका सञ्जयको ‘ब्रेन म्यापिङ’ विधिमार्फत् अनुसन्धान

नेपालभ्युज

गैह्रीगाउँ सामूहिक हत्या प्रकरण : पक्राउ परेका सञ्जयको ‘ब्रेन म्यापिङ’ विधिमार्फत् अनुसन्धान
अभियुक्त संञ्जय र उनले बयानका क्रममा बताएको घटनास्थल

काठमाडौं। दुई साताअघि गैह्रीगाउँ तीनकुनेमा भएको सामूहिक हत्या प्रकरणमा संलग्न आरोपी सिन्धुपाल्चोकका सञ्जय भण्डारीले हिरासतबाटै प्रहरीलाई सताएपछि उनको ‘ब्रेन म्यापिङ’ गरिएको छ।

जन्मजात बोल्न नसक्ने (फरक क्षमता भएका) सञ्जय भण्डारीले प्रहरीले बहिरा संघका अधिकारी र दोभासे अगाडि राखेर सोधपुछ गरिरहँदा अनेक कुरा गरेर सताएपछि नयाँ प्रयोग गरिएको हो। नेपालमा अपराध अनुसन्धानमा पहिलो पटक यो विधिको प्रयोग गरिएको हो।

आरोपी बोल्न नसक्ने अवस्थाको भएकाले पोलिग्राफ सम्भव हुँदैन। बोलेको कुरा सत्य वा असत्य भन्ने पोलिग्राफले पत्ता लगाउँछ। तर सञ्जय बोल्न नसक्ने भएकाले ब्रेन म्यापिङ गराइएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए।

गैरीगाउँ हत्याकाण्डका अभियुक्तको बयान- जसले प्रहरीलाई घुमाउँदै छ, रातो पुलदेखि बौद्धसम्म फनफनी

‘सरकारी अस्पतालमा कार्यरत मनोचिकित्सकको नेतृत्वमा ब्रेन म्यापिङ गरिएको र उनले दिएको बयानको क्रसचेक गरिएको छ। यद्यपि, अझै केही जाँच बाँकी नै छन्’ ती अधिकारीले भने।

तीनकुनेस्थित दिव्य सः मिलभित्र २९ भदौमा ४ जनाको हत्या भएको घटनामा दुई दिनपछि प्रहरीले क्लोज सर्किट (सीसी) क्यामरा फुटेजको आधारमा भण्डारीलाई पक्राउ गरेको थियो। जिल्ला प्रहरी परिसर, टेकुको हिरासतमा रहेका भण्डारी जन्मजात बोल्न नसक्ने हुन्।

सांकेतिक भाषाका विज्ञको सहयोगमा उनीसँग बयान लिइएको थियो। सो क्रममा उनले चाबहिल, बौद्धलगायतका ठाउँमा कम्तीमा ६ वटा हत्या गरेको बताएका छन्। उनले अनुसन्धान गरेर पुष्टि गर्न चुनौती दिएका छन्।

गैरीगाउँ हत्याकाण्डका अभियुक्त सञ्जय : युवती पनि मारेको दाबी

पेप्सीकोलामा दिदी भिनाजुकोमा बस्दै आएका सिन्धुपाल्चोक बाह्रबिसेका भण्डारीलाई प्रहरीले सीसीटीभी फुटेजका आधारमा नियन्त्रणमा लिएको थियो।

दुईसाता साता गैह्रीगाउँको एक काठमिलमा दोलखाको कालिन्चोक गाउँपालिका– ८ का ५६ वर्षीय पूर्णबहादुर भुजेल, उनकी श्रीमती ५० वर्षीय अम्बिका भुजेल, ७६ वर्षीय आमा सुभद्रा भुजेल तथा धनकुटाका १९ वर्षीय नवीन भन्ने विशाल राईको खुकुरी प्रहार प्रहार गरी हत्या भएको थियो। यी हत्या सञ्जयले नै गरेको आशंकामा अनुसन्धान भइरहेको छ।

चार जनाको हत्या भएको काठमिल नेताको, करोडौंको कारोबार हुने ठाउँमा किन थिएन सीसीटीभी ?

गोकर्णमा श्राद्ध गर्न काठमाडौं आएकी थिइन् सुभद्रा, घर जानुअघि राति नै मारिइन्

गैह्रीगाउँ हत्या प्रकरण : चार जनाको हत्या भएपछि यस्तो देखियो घटनास्थल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved