गल्ती स्वीकारेपछि आचार्य श्रीनिवास ५०० जरिवाना तिरेर रिहा

गल्ती स्वीकारेपछि आचार्य श्रीनिवास ५०० जरिवाना तिरेर रिहा

जनकपुरधाम । कथित धर्मगुरु आचार्य श्रीनिवासलाई धनुषा प्रहरीले रिहा गरेको छ । सुनसरीमा पक्राउ परेका उनलाई बिहीबार धनुषा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरी तीन दिनसम्म थुनामा राख्न आदेश दिएको घन्टा नवित्दै रिहा गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषामा बयान लिएपछि उनलाई बिहीबार साँझ रिहा गरिएको छ । जिल्ला प्रशासन कार्यालयले उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा ५०० रुपैयाँ जरिवाना तिराएर रिहा गरेको जनाएको छ । श्रीनिवासले आफूले उत्तेजक अभिव्यक्ति दिएर गल्ती गरेको स्वीकार गरेपछि ५०० रुपैयाँ जरिवाना तिराएर छाडिएको हो ।

जनकपररधाम स्थित धार्मिक र्‍यालीमा श्रीनिवासले गौहत्या गर्ने विरुद्ध चर्को अभिव्यक्ति दिँदै बोल्ने क्रममा खुकुरी देखाउँदै हत्या गर्ने चेतावनी दिएका थिए । सोही टिप्पणीसहितको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved