विश्वकप क्रिकेट : इङ्ल्यान्डले दियो न्युजिल्यान्डलाई २८३ रनको लक्ष्य

नेपालभ्युज

विश्वकप क्रिकेट : इङ्ल्यान्डले दियो न्युजिल्यान्डलाई २८३ रनको लक्ष्य
तस्वीर स्रोतः क्रिकइन्फो

काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ल्यान्डले न्युजिल्यान्डलाई २८३ रनको लक्ष्य दिएको छ।

भारतको अहमदाबादमा जारी उद्घाटन खेलमा पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले पूरै ओभरमा ९ विकेटको क्षतिमा २ सय ८२ रन बनाएको हो।

इङ्ल्यान्डका लागि जो रुटले ८६ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ७७ रन बनाए। कप्तान जस बटलरले भने ४२ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ४३ रन जोडे।

न्युजिल्यान्डका लागि म्याट हेनरीले ३ तथा ग्लेन फिलिप्स र मिचेल सेन्टनरले २–२ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved