दुर्घटना कम गर्न चालक र सहचालकको स्वास्थ्य जाँच

नेपालभ्युज

दुर्घटना कम गर्न चालक र सहचालकको स्वास्थ्य जाँच

काठमाडौं। सडकमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि गोँगबुस्थित नयाँ बसापार्कमा चालक र सहचालकको स्वास्थ्य जाँच गरिएको छ ।

ट्राफिक सप्ताह कार्यक्रमअन्तर्गत ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका आयोजना तथा लोत्से बहुउद्देश्यीय प्रालि नयाँ बसपार्कको सहयोगमा आज सार्वजनिक सवारी साधनका चालक, सहचालक र कर्मचारीलाई स्वास्थ्य जाँच गरिएको हो

कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले सार्वजनिक सवारी साधनमा कार्यरत कर्मचारीलाई स्वास्थ्य राख्नका लागि ट्राफिक सप्ताहअन्तर्गत स्वास्थ्य जाँचको कार्यक्रम राखिएको बताए। उनले सवारी चालकलाई स्वस्थ्य राख्नसके सवारी दुर्घटनामा कमी आउने विश्वास व्यक्त गरे ।

काठमाडौँ महानगरपालिका–२६ का वडाअध्यक्ष ख्यामराज तिवारीले चालक जति अनुसाशित भए त्यति नै ट्राफिक व्यवस्थापनमा सहज हुने बताए। उनले ट्राफिक सप्ताहमार्फत चालक र सहचालकलाई सचेतना दिनु जरुरी रहेको बताए ।

लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवरले ट्राफिक जनचेतना एक हप्तामात्र नभई वर्षभरि दिन आवश्यक रहेको बताए। उनले नयाँ बसपार्कलाई काठमाडौँ महानगरपालिका, यातायात व्यवसायी तथा मजदुरसँगको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरको बनाउन आफूहरू लागेको जनाउँदै सो अभियानमा साथ दिन सबैलाई आग्रह गरे ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सवारी दुर्घटना न्यूनीकरणका लागि चालक स्वस्थ्य हुनुपर्ने बताए । उहाँले सार्वजनिक यातायात क्षेत्रमा कार्यरत कर्मचारीलाई स्वस्थ्य राख्न सकेमात्र सवारी दुर्घटनामा कमी आउने उल्लेख गरे ।

अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष दीपक केसी, सिल्भर लाइन अस्पतालका डाक्टर लोकेश पुरी, ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख राजु भण्डारी लगायतले नेपालको सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतम, कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, सहकोषाध्यक्ष अर्जुन गौतम, बागमती प्रदेश संयोजक सुवन गिरीलगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा तिलगङ्गा आँखा अस्पतालले आँखा जाँच, ओम चावहिल डेन्टल अस्पतालले दाँतको जाँच र सिल्भर लाइन अस्पताल बालाजुको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य जाँच गरेको थियो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved