बलिउडका यी सेलिब्रेटी जो इन्जीनियर भइसकेका छन्

नेपालभ्युज

बलिउडका यी सेलिब्रेटी जो इन्जीनियर भइसकेका छन्

एजेन्सी । बलिउडमा कैयौं त्यस्ता कलाकार छन् जसले अभिनेत्री वा अभिनेता बन्नु अघि पढाई बीचमै छोडे ।

तर कतिपय कलाकार भने यस्ता पनि छन् जो एकदमै पढेलेखेका छन् । आज हामी अभिनय क्षेत्रमा आउनुअघि इन्जिनियरको पढाई गरेका कलाकारहरुका बारेमा कुरा गर्नेछौं ।

आर. माधवन पढाईमा एकदमै राम्रा थिए । उनका बुवाआमाले उनी इलेक्ट्रोनिकमा डिग्री हासिल गरेको हेर्न चाहन्थे तर उनी आर्मी अफिस बन्न चाहन्थे । यसरी उनले बुवाआमाको कारणले इन्जिनियरिङको पढाई गरेका थिए ।

अभिनेता कार्तिक आर्यनका बुवाआमाले पनि उनलाई इन्जिनियर वा डाक्टर बनाउन चाहन्थे । तर उनले मेडिकलको पढाई शुरु गरेसँगै फिल्महरुमा अडिशन दिन पनि शुरु गरेका थिए ।

बलिउडका ह्यान्डसम अभिनेता विक्की कौशल पनि इलेक्ट्रोनिक्स एन्ड टेलिकम्युनिकेशनमा ब्याचलर्स डिग्री हासिल गरिसकेका छन् । तर उनले अभिनयलाई आफ्नो करिअर बनाए ।

दिवंगत अभिनेता सुशान्त सिंह राजपुतले पनि अल इन्डिया इन्जीनियरिंगको परिक्षामा सातौं स्थान प्राप्त गरेका थिए । तर उनले अभिनयलाई नै आफ्नो करिअर बनाएर इन्जीनियरिंगलाई बीचमै छोडिदिए ।

सोनु सुद पनि नागपुरको यशवन्त राव चवान कलेज अफ इन्जीनियरिंगका विद्यार्थी रहिसकेका छन् । उनले पछि आफू मोडलिंगबाट करिअर शुरु गरे ।

अभिनेत्री कृति सेननले पनि १२ कक्षा पास गरेपछि जेपी इन्स्टीच्यूट अफ इन्फर्मेशन टेक्नोलोजीमा भर्ना भएकी थिइन । उनले त्यहाँबाट इलेक्ट्रोनिक्स तथा टेलीकम्युनिकेशनमा बिटेकको डिग्री हासिल गरेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved