अनमोल रिहा भएपछि सुदर्शनको टिप्पणी- मोटो पारिश्रमिक माग्नुअघि आफूलाई पूर्ण तयार पार्नुस्

अनमोल रिहा भएलगत्तै सामाजिक सञ्जालमार्फत निर्देशक थापाले घुमाउरो ढङ्गले अनमोललाई जवाफ दिएका छन्। उनले मोटो पारिश्रमिक माग्नुअघि आफूलाई पूर्णरुपमा तयार पार्न र आफ्नो कारणले निर्मातालाई पर्न सक्ने क्षतिप्रति गम्भीर बन्न आग्रह गरेका छन्।

नेपालभ्युज

अनमोल रिहा भएपछि सुदर्शनको टिप्पणी- मोटो पारिश्रमिक माग्नुअघि आफूलाई पूर्ण तयार पार्नुस्

काठमाडौं। फिल्म ‘रावायण’ विवादमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई प्रहरीले हाजिरी जमानीमा आइतबार राति रिहा गरेपछि निर्देशक सुदर्शन थापाले मोटो पारिश्रमिक माग्नुअघि आफूलाई पूर्णरुपमा तयार पार्न र आफ्नो कारणले निर्मातालाई पर्न सक्ने क्षतिप्रति गम्भीर बन्न आग्रह गरेका छन्।

फिल्म कम्पनी सुदर्शन थापा प्रोडक्सनको तर्फबाट निर्मात्री सुप्रिया कटुवालले केसीविरुद्ध आपराधिक विश्वासघातको जाहेरी दिएकी थिइन्। त्यसअघि काठमाडौं जिल्ला अदालतले उनलाई तीन दिनको म्याद थप गरेको थियो।

१० लाख पेस्की लिएर फिल्म नखेलेको भन्दै निर्देशक सुदर्शन थापाको फिल्म कम्पनी सुदर्शन थापा प्रोडक्सनको तर्फबाट निर्मात्री सुप्रिया कटुवालले केसीविरुद्ध आपराधिक विश्वासघातको जाहेरी दिएकी थिइन्।

अनमोल रिहा भएलगत्तै सामाजिक सञ्जालमार्फत निर्देशक थापाले घुमाउरो ढङ्गले अनमोललाई जवाफ दिएका छन्। उनले मोटो पारिश्रमिक माग्नुअघि आफूलाई पूर्णरुपमा तयार पार्न र आफ्नो कारणले निर्मातालाई पर्न सक्ने क्षतिप्रति गम्भीर बन्न आग्रह गरेका छन्।

पेशागत धर्म र मर्यादामा रहन उनले आग्रह गरेका छन् ।

उनी लेख्छन्, ‘‘नैतिकता र मानवताको धर्मलाई आत्मसात् गर्दै आफ्नो पेशागत धर्म र मर्यादामा रहन कलाकार भाइबहिनीलाई मेरो व्यक्तिगत सुझाव दिन चाहन्छु। मोटो पारिश्रमिक माग गर्नु भन्दा पहिला आफूलाई पूर्णतया तयार गर्न र तोकिएको समयसीमाभित्र आफूलाई हरेक पक्षबाट तयार गरी निर्माण टिमलाई आफ्नो कारण पर्न सक्ने क्षतिबाट जोगाउन विनम्र अनुरोध गर्दछु।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved