२.७ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट फिलिपिन्सकी महिला पक्राउ

नेपालभ्युज

२.७ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट फिलिपिन्सकी महिला पक्राउ

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २.७ किलो सुनसहित फिलिपिन्सकी महिला पक्राउ परेकी छन् ।  फ्लाइ दुबईको जहाजमा शुक्रबार साँझ काठमाडौं अवतरण भएकी उनलाई   फिलिपिन्सकी   प्रहरीले सुनसहित नियन्त्रणमा लिएको हो ।

त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थल सुरक्षा कार्यालयका अनुसार ती महिलाले भित्री वस्त्रमा लुकाएर सुन ल्याएकी थिइन् । प्रहरीले उक्त सुन र सुन ल्याउने महिलालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई बुझाएको छ ।

सुन कहाँबाट ल्याइएको थियो र कहाँ लगिदैछ भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved