इन्द्रजात्राका कारण काठमाडौंका विभिन्न सडकमा सवारी आवागमनमा रोक 

नेपालभ्युज

इन्द्रजात्राका कारण काठमाडौंका विभिन्न सडकमा सवारी आवागमनमा रोक 

काठमाडौं। येँयाः (इन्द्रजात्रा)को अवधिमा आजदेखि काठमाडौंका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ ।

काठमाडौं महानगरपालिकाका अनुसार आज वसन्तपुर, मरु, चिङ्कमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारीसाधन चलाउन रोक लगाइएको छ ।

यसैगरी, भोलि असोज १२ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेङगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमान ढोका हुँदै वसन्तपुर क्षेत्रमा सवारीसाधन सञ्चालन गर्न निषेध गरिएको छ भने असोज १५ गते प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखन हुँदै वसन्तपुर क्षेत्रमा पनि सवारी निषेध गरिएको जनाइएको छ ।

महानगरले काठमाडौंको वसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्त्वको पर्व भएका कारण यस जात्राका सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियाकलापमा हिँडेर सञ्चालन गरिने जनाएको छ ।

साथै, महानगरपालिकाले तोकिएका स्थानमा सवारी साधन प्रवेश नगराउन र त्यसमार्गबाट गन्तव्यमा जानुपर्ने यात्रुले वैकल्पिक मार्ग वा पैदलयात्राबाट गन्तव्य तय गरेर यातायात व्यवस्थापनमा सहयोग पुर्‍याउनसमेत सबैमा आग्रह गरेको छ ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved