सरकारलाई चिकित्सकको प्रश्न- पेशा छाडौं कि देश ?

चिकित्सक कुट्नेलाई कारबाही नभएसम्म आन्दोलन नरोक्ने

आन्दोलनरत चिकित्सकहरुले मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही नभएसम्म आन्दोलन नरोक्ने बताएका छन् ।

नेपालभ्युज

सरकारलाई चिकित्सकको प्रश्न- पेशा छाडौं कि देश ?

काठमाडौं । आन्दोलनरत चिकित्सकहरुले मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही नभएसम्म आन्दोलन नरोक्ने बताएका छन् ।

कुटपिटविरुद्ध प्रदर्शन गर्न बुधबार काठमाडौंको माइतीघरमा भेला भएका चिकित्सकहरूले यस्तो बताएका हुन् ।

स्वास्थ्यकर्मीमाथि श्रृंखलाबद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै चिकित्सकहरू सडकमा उत्रिएर विरोध जनाएका हुन् ।

स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्व कार्यान्वयनको माग राखेका छन् ।

विरोध प्रदर्शनका क्रममा सञ्चराकर्मीहरूसँग कुरा गर्दै आन्दोलनरत चिकित्सक शेषराज घिमिरेले सरकारले सहमति गरेर मात्रै नपुग्ने भन्दै पक्राउ गरेर कारबाही गर्न माग गरे । ‘सहमति धेरै भइसक्यो’, उनले भने, ‘अब एक्सन चाहियो ।’

‘आन्दोलित चिकित्सकहरूले विदेश पलायन हुन बाध्य नपार, हामी स्वास्थ्यकर्मी एक हौँ, आज डाक्टर कुट्ने भोलि बिरामी भए कहाँ जाने ? असुरक्षा र त्रासमा उपचार कसरी गर्ने ? कामेको हातले उपचार सम्भव छैन, सेतो कोट रातो भए समाज नै कालो हुन्छ, स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्डसहित नाराबाजी गरेका गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved