मनसुन कमजोर बन्दै, दसैँको झल्को दिने मौसम

नेपालभ्युज

मनसुन कमजोर बन्दै, दसैँको झल्को दिने मौसम
फाइल तश्वीर

काठमाडौं । मनसुन कमजोर बन्दै गएको छ । मुस्किलले अबको एक हप्तासम्म नेपालमा रहने अनुमान गरिएको मनुसुन निकै कमजोर बनेको मौसमविद्ले बताएका छन्  ।

देशका धेरै ठाउँमा विहानैदेखि घाम लागेको छ । आकासमा हल्का मात्रै सेतो बादल देखिन्छ । दसैँको झल्को दिने मौसम सुरु भएको छ । पानी पर्न कम भएसँगै खेतमा धान झुल्न थालेको छ ।

आज दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved