के नागमणि साँच्चै हुन्छ ?

नेपालभ्युज

के नागमणि साँच्चै हुन्छ ?

एजेन्सी । नागमणि एउटा रहस्यमय वस्तु हो । कतिपय फिल्म र टेलिभिजन कार्यक्रममा यो पाउनका लागि लडाइँ हुने गरेको समेत देखाइएको छ ।

धेरैको मनमा के नागसँग साँच्चै मणि हुन्छ त ? भनेर प्रश्न आउन सक्छ । आज हामी यसैबारे साँचो कुरा बताउनेछौं ।

केही पौराणिक कथामा नागमणिको बारेमा बताइएको छ । ति कथामा नागलोकका बारेमा पनि चर्चा गरिएको पाइन्छ । जसमा सर्पले आफ्नो इच्छा अनुसार रुप परिवर्तन गर्ने पनि उल्लेख गरिएको छ । बराहमिहिरद्वारा रचिएको वृहत्ससंहितालाई मान्ने हो भने नागमणिको अस्तित्व साच्चै भएको बुझिन्छ, जो यही धर्तीमा नै छ ।

नागमणि आगो जस्तो एकदमै धेरै चम्किलो हुने गर्छ । यो जहाँ हुन्छ त्यहाँ चारैतिर उज्यालो हुन्छ । त्यस्तै जीव विज्ञानका अनुसार भने नागमणि हुन्छ भन्ने कुरा गलत हो । वैज्ञानिकका अनुसार यस्तो कुनै पनि धातु नागको टाउकोमा हुँदैन ।

काल्पनिक कथामा मात्रै यो हुन्छ । वास्तविक जीवनमा अहिलेसम्म कसैले पनि नागमणि देखेको छैन । कुनै पनि नाग वा सर्पसँग मणि पनि हुँदैन र यस्तो कुनै शक्ति पनि हुँदैन जसले रुप बदल्छ वा अरु कुनै अलौकिक शक्ति देखाउँछ ।

वैज्ञानिकहरुका अनुसार यदि यस्तो कुनै वस्तु हुन्थ्यो भने अहिलेसम्म देखिन्थ्यो वा पत्ता लागिसक्थ्यो । यी सबै दन्त्यकथा तथा काल्पनिक मात्र हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved