जडिबुटीको सुविधा सम्पन्न बसपार्क कानून विपरित छैनः पूर्व अरनिको यातायात

नेपालभ्युज

जडिबुटीको सुविधा सम्पन्न बसपार्क कानून विपरित छैनः पूर्व अरनिको यातायात

काठमाडौं । पूर्व अरनिको यातयात प्रा.लि.ले १० करोडको लगानीमा काठमाडौ महानगरपालिका–३२ वडाको जडिबुटीमा बनाएको सुविधा सम्पन्न बसपार्क कानून विपरित नभएको बताएको छ ।

सोमवार प्रा.लि.ले पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाले बसपार्कमा बनेका हरेक संरचनाहरु काठमाडौं महानगरको मापदण्ड र नियम अनुसार बनाएकाले डोजर लगाउन नपाउने दाबी गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै पूर्व अरनिको यातयात प्रा.लि.का अध्यक्ष केदार क्षेत्रीले लामो समयदेखि बसपार्क नहुँदा राजधानी पूर्वका काभ्रे, सिन्धुपाल्चोक,दोलखा, रामेछाप,ओखलढुङ्गा लगायतका जिल्लामा सञ्चालन हुने सवारी साधन र त्यसमा यात्र गर्ने यात्रीहरुको समस्या समाधानको लागि बनाएको बसपार्क महानगरले विकल्प बिना भत्काउन नपाउने बताए ।

उनले काठमाडौ महानगर तथा संघीय सरकारले पूर्वका काभ्रे, सिन्धुपाल्चोक,दोलखा, रामेछाप,ओखलढुङ्गा लगायतका जिल्लामा सञ्चालन हुने सवारी साधनको लागि विकल्प दिए आफैँ भत्काउने बताए । उनले यसअघि पुरानो बसपार्कमा भएको पार्कमा टावर निर्माण सम्पन्न हुन लागेको भन्दै सरकारले त्यहाँ व्यवस्था गर्नुपर्ने बताए । उनले राजधानीपूर्व सञ्चालन हुने बसहरु यत्रतत्र पार्किङ गर्नुपर्ने अवस्था रहेको र नयाँ बसपार्कमा पुग्नुपर्ने निर्णय यात्रुमैत्री नभएकाले आफ्नै लगानीमा पाँच वर्षको लागि बसपार्क निर्माण गरिएको बताए ।

उनले गोगंबु जाने निर्णय कुनैपनि हिसावले व्यवहारिक नभएको बताए ।  महानगरले दुःख दिने उद्देश्यले गोंगबु जाने निर्णय गरेको उनले बताए । बसपार्कमा भएका संरचनाहरु काठमाडौं महानगर पालिकाको भवन आचारसंहीता अनुसार र भवन निर्माणको मापदण्ड अनुसार अनुमति लिएर बनाएको तर अहिले महानगर तथा यातायात व्यवस्था विभागले अनुमति दिन नचाहेको बताए ।

उनले बसपार्कमा सार्वजनिक शौचालय समेत नभएको ठाउँमा यात्रुहरुलाई सुविधा दिनेगरी काम गरिएको बताए। उनले बसपार्क कुनै व्यवसायिक नभएर व्यवसायीहरुले यात्रुहरुको सहजताको लागि पाँच वर्षको लागि  समाधान दिन खोजिएको बताए। उनले सरकारले ४ सय बसको रुटपरमिट पुरानो बस पार्कसम्म भएपनि सरकार र महानगरले पुरानो बस पार्कसम्म जान नदिएको बताए । उनले सरकारलाई नेपाली यातायात व्यवसायीहरु र मजदुरहरुले काम गरेर खान नपाइने हो भन्दै प्रश्न गरे ।

काठमाडौ महानगरपालिकासँग अनुमति लिएर बसपार्क र त्यहाँ अन्य भौतिक निर्माणका लागि अनुमतिका लागि पटकपटक अनुरोध गरेपनि महानगरले वास्ता नगरेको अध्यक्ष क्षेत्रीको आरोप छ । काठमाडौं महानगरपालिकाले असार १ गतेदेखि काठमाडौंबाट छुट्ने लामो तथा छोटो दुरीका सबै बसहरु अनिवार्य रुपमा गोंगबु बसपार्कबाटै छुट्नुपर्ने नियम लागू गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved