भारतीय टेलिभिजनको सबैभन्दा महंगो होस्ट को होला ?

नेपालभ्युज

भारतीय टेलिभिजनको सबैभन्दा महंगो होस्ट को होला ?

एजेन्सी । भारतीय टेलिभिजनमा दिग्गज अभिनेता पनि कार्यक्रम होस्ट गरिरहेका हुन्छन् । जसमा सलमान खान, अमिताभ बच्चन समेत अन्य कलाकार पनि रहेका छन् ।

कार्यक्रमको एउटा एपिसोड होस्ट गरेवापत यी कलाकारले कति लिन्छन् ? तपाईलाई पनि जान्न मन लागेको होला । आज हामी यहाँ बताउनेछौं भारतीय टेलिभिजनका सबैभन्दा महंगा होस्ट बारे ।

सलमान खानले बिग बोसको एउटा एपिसोडका लागि १२.५० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिने गरेका छन् ।

त्यस्तै अमिताभ बच्चनले ‘कौन बनेगा करोडपति’ का लागि ४ देखि ५ करोड प्रति एपिसोड लिने गरेका छन् ।

अभिनेता तथा कार्यक्रम प्रस्तोता मनीष पोलले कुनै पनि कार्यक्रममा एउटा एपिसोडका लागि एक करोड रुपैयाँ लिने गरेका छन् ।

त्यस्तै कपिल शर्माले पनि एउटा एपिसोडबाट ५० लाख भारतीय रुपैयाँ पारिश्रमिक लिने गरेका छन् ।

अर्का प्रस्तोता राघव जुयालले ‘डान्स प्लस’ कार्यक्रमका लागि एउटा एपिसोडको २ देखि ४ लाखसम्म पारिश्रमिक लिने गरेका छन् ।

अभिनेत्री कंगना रनौतले कार्यक्रम ‘लक अप’ का लागि एउटा एपिसोडको एक करोड भारु लिएकी थिइन् ।

यसरी अधिकांशको पारिश्रमिक हेर्दै जाँदा कार्यक्रम संचालन गरेवापत सबैभन्दा बढी पारिश्रमिक पाउने प्रस्तोतामा अभिनेता सलमान खान पर्दछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved