प्रशासकीय अधिकृत मरासिनीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालभ्युज

प्रशासकीय अधिकृत मरासिनीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासिनीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

स्थानीय जनता माविको भवन निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियारले मरासिनीसहित लेखा अधिकृत सर्वेन्द्र प्रसाद चौधरी, भवन निर्माण समिति अध्यक्ष रामबाबुप्रसाद यादव, सचिव रामाकान्तप्रसाद र कोषाध्यक्ष किरण देवी यादवविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरूविरुद्ध जनही ६ लाख ५८ हजार ४ सय ४० रुपैयाँ १६ पैसा बिगो दाबी गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved