परिणीति भन्दा पहिला यी अभिनेत्रीले गरिसकेका छन् राजनीतिज्ञसँग विवाह

नेपालभ्युज

परिणीति भन्दा पहिला यी अभिनेत्रीले गरिसकेका छन् राजनीतिज्ञसँग विवाह

एजेन्सी । बलिउड अभिनेत्री परिणीति चोपडा आप नेता राघव चड्ढासँग विवाह गर्नका लागि तयार छन् ।

उनीहरुको यही सेप्टेम्बर २४ गते विवाह हुँदैछ । दिल्लीको गुरुद्वारमा अरदास गरेपछि उनीहरुको विवाहको उत्सव पनि शुरु भइसकेको छ । दुबैले उदयपुरको लीला प्यालेसमा परिवार तथा शुभचिन्तकका बीच विवाह बन्धनमा बाँधिदै छन् ।

एउटा समय थियो जब परिणीतिले भनेकी थिइन्, कहिल्यै पनि नेतासँग विवाह गर्ने छैन । तर सायद उनको भाग्यमा नेता नै लेखेको हुनुपर्छ । अब उनी नेता राघव चड्ढाकी दुलही बन्दैछिन् ।

यो पहिलोपटक भने होइन कोही अभिनेत्रीले नेतासँग सम्बन्ध जोडेको । यसअघि अभिनेत्री स्वरा भास्करले समाजवादी पार्टीका नेता फाहद अहमतसँग विवाह गरेकी छन् । अब उनीहरु छिट्टै बुवाआमा पनि बन्दैछन् ।

त्यस्तै ‘वान्टेड’ की अभिनेत्री आयेशा टाकियाले पनि सन् २००९ मा समाजवादी पार्टीका एमएलए फरहान आजमीसँग विवाह गरेकी थिइन् । अहिले उनीहरुका दुईवटा बच्चा पनि छन् । विवाहपछि आयशा फिल्मी संसारबाट अलग छन् ।

पूर्व तेलुगू अभिनेत्री नवनीत कौर राणाले सन् २०११ मा एमएलए रवि राणासँग विवाह गरेकी थिइन् । अहिले उनी आफू पनि संसदकी सदस्य छन् ।

त्यस्तै कन्नडकी अभिनेत्री राधिकाले पनि कर्नाटकका पूर्व मुख्यमन्त्री एचडी कुमारस्वामीसँग विवाह गरेकी थिइन् । अहिले राधिका स्वयम् कर्नाटक विधानसभाकी सदस्य छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved