शिक्षकको आन्दोलनप्रति रास्वपाको असन्तुष्टि, विद्यालय बन्द नगर्न आग्रह

नेपालभ्युज

शिक्षकको आन्दोलनप्रति रास्वपाको असन्तुष्टि, विद्यालय बन्द नगर्न आग्रह

काठमडौं । चुनावअघि शिक्षकको पक्षमा अभिव्यक्ति दिइरहने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शिक्षकको जारी आन्दोलनप्रति भने असन्तुष्टि व्यक्त गरेको छ ।

रास्वपाका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले बिहीबार विज्ञप्ति जारी गर्दै शिक्षकहरुको आन्दोलनप्रति असन्तष्टि व्यक्त गरेका हुन् ।

शिक्षकका पेशागत विकासका मागहरुमा आफूहरुको समेत समर्थन रहेको भन्दै उनले विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित नगर्न आग्रह गरेको हो ।

संसदमा छलफलपछि विधेयक संशोधन गर्न सकिने उनको भनाइ छ ।

‘नेपालका सम्पूर्ण सार्वजनिक विद्यालयहरुको गुणस्तर उकास्नुपर्छ, ती विद्यालयहरुमा पढाउने शिक्षकको जीवनस्तर तथा पढ्ने विद्यार्थीहरुको उज्जवल भविष्य सुनिश्चित गर्नुपर्छ भन्ने कुरामा हामी प्रष्ट थियौं र छौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो प्राथमिकता विद्यार्थीको भविष्य नै हो’, उनले भनेका छन्, ‘शिक्षाको गुणस्तर उकास्न नसके मुलुक भयावह स्थितिमा जान्छ । नेपालको शिक्षा नैतिक, व्यवहारिक, रोजगारमुखी र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न योग्य हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।’

रास्वपाले शिक्षकहरुप्रति सरकारले कहिल्यै उचित व्यवहार नगरेको पनि जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved