सुरु भयो सूर्यविनायक-रत्नपार्क ‘फास्ट ट्रयाक’ बस सेवा

यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको बुधबार उद्घाटन गरेका हुन् ।

नेपालभ्युज

सुरु भयो सूर्यविनायक-रत्नपार्क ‘फास्ट ट्रयाक’ बस सेवा

काठमाडौं । भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्कसम्म द्रुत बस सेवा सुरु भएको छ । यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको बुधबार उद्घाटन गरेका हुन् ।

द्रुत बस सेवाका लागि सडकमा रातो रंग पोतेर डेडिकेटेड लेन निर्माण गरिएको छ ।

द्रुत सेवा अन्तर्गतका बसहरू बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म गरी दुई सिफ्टमा चल्नेछन्। त्यो समयमा यी बस गुड्ने डेडिकेटेड लेनमा अन्य सवारी साधन चलाउन पाइने छैन।

कार्यालय समयमा अत्याधिक जाम हुने हुने कुरालाई मध्यनजर गर्दै द्रुत बस सेवा सञ्चालनमा ल्याउन लागिएको हो ।

अहिले कार्यालय समयमा सूर्यविनायकदेखि रत्नपार्क पुग्नलाई डेढ घन्टासम्म लाग्छ । उक्त बस सञ्चालन भएपछि ४५ मिनेट सम्ममा यात्रा पूरा हुने अनुमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved