धेरै ठाउँमा बिहानै घाम चर्कियो, दिउँसो केही ठाउँमा पानी पर्ने

नेपालभ्युज

धेरै ठाउँमा बिहानै घाम चर्कियो, दिउँसो केही ठाउँमा पानी पर्ने
फाइल तश्वीर

काठमाडौं । देशका धेरै ठाउँमा बिहानैदेखि घाम लागेको छ । राति कतै कतै पानी परेपनि बिहानैदेखि चर्को घाम लागेको छ ।

तर बिस्तारै बादल लाग्ने र बदली हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार मौसम आंशिकदेखि सामान्य बदली रहनेछ ।

लुम्बिनी, कर्णाली र सुदूर–पश्चिम प्रदेशसहित बाग्मती र गण्डकी प्रदेशका पहाडी केही ठाउँमा दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । काठमाण्डौ उपत्यकासहित थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved