एकीकृत समाजवादीमा तनाव, माधव र झलनाथका पीए नै पार्टीप्रति असन्तुष्ट

नेपालभ्युज

एकीकृत समाजवादीमा तनाव, माधव र झलनाथका पीए नै पार्टीप्रति असन्तुष्ट

काठमाडौं । कार्य विभाजनसँगै एकीकृत समाजवादीमा तनाव उत्पन्न भएको छ । कार्य विभाजनप्रति असन्तुष्टि जनाउँदै दुईजना केन्द्रीय सदस्यले पार्टी छाडेको घोषणा गरेका छन् भने थुप्रै नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमार्फत् रोष प्रकट गरेका छन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपालका पीए मोहन गौतम र सम्मानीत नेता झलनाथ खनालका पीए कृष्ण भट्टराईले समेत सार्वजनिकरुपमै कार्य विभाजनप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

केन्द्रीय कमिटी सदस्य मोहन गौतमले अपानिमा उल्लेख भएका मनोनयन र जिम्मेवारी हेरफेरलाई लिएर व्यक्त असन्तुष्टि, विरोध, विधि र मापदण्डप्रतिका कतिपय प्रश्नहरू जायज भएको बताएका छन्। यसलाई स्वीकार गर्दै सच्याउन सकेमात्र नेतृत्व र पार्टी स्थापित हुने उनको भनाइ छ।

सम्मानीत नेता झलनाथ खनालका स्वकीय सचिव कृष्ण भट्टराईले पनि अपानिबाट देशभरका कार्यकर्तामा उत्साह होइन, निराशा छाएको बताएका छन्।

‘देशभरबाट आएको असन्तुष्टिलाई बेलैमा नेतृत्वले सच्याओस् र गलत भएको कुरा स्वीकार गर्दै पार्टी कमिटीबाट निर्णय गराएर मात्रै अपानि होस्। त्यसबाट मात्रै पार्टी प्रणाली संस्थागत हुन्छ,’ उनले भनेका छन्।

भदौ ५ देखि ७ गतेसम्म बसेको छैटौं केन्द्रीय कमिटी र भदौ १७ र १८ गते बसेको ६५ र ६६ औं सचिवालयको बैठकको निर्णय कार्यान्वयनका लागि एकीकृत समाजवादीले अन्तरपार्टी निर्देशन जारी गरेको थियो।

एकीकृत समाजवादीले बिहीबार अन्तरपार्टी निर्देशन जारी गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved