मणिपुरमा गोली हानी तीन जनाको हत्या

बहुसङ्ख्यक मेइतेई समूह र आदिवासी कुकी अल्पसङ्ख्यकबीचको जातीय द्वन्द्वका कारण ६० हजार मानिस विस्थापित भएका छन् ।

नेपालभ्युज

मणिपुरमा गोली हानी तीन जनाको हत्या
फाइल फोटो

नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरको काङपोकी जिल्लामा मंगलबार बिहान अज्ञात बन्दुकधारीले तीन जनाको गोली हानी हत्या गरेका छन् ।

“बिहान बन्दुकधारीले काङपोकीको कुकी–जोमी समुदायका तीन जना गाउँलेमाथि आक्रमण गरेका थिए । तीनै जना गाडीमा यात्रा गरिरहेका बेला जिल्लाको काङगुई क्षेत्रमा आक्रमण भएको थियो,” एक अधिकारीले भने ।

आक्रमणकारीले उक्त गाडीमा एम्बुस प्रहार गरेको समाचारमा जनाइएको छ । गत शुक्रबार तेङनौपाल जिल्लाको पल्लेल सहरमा भएको हिंसामा दुई जनाको मृत्यु हुनुका साथै ५० जनाभन्दा बढी घाइते भएका थिए ।

गैर–आदिवासी मेइतेइ समुदायलाई अनुसूचित जनजातिको दर्जामा समावेश गरिएको विरोधमा जनजातीय प्रदर्शनको क्रममा राज्यमा ठूलो मात्रामा हिंसा भड्किएपछि मणिपुर मे ३ देखि हिंसाको चपेटामा परेको छ ।

हिंसाले उनीहरूलाई शिक्षा र सरकारी जागिरमा आरक्षण प्रदान गर्दछ । उत्तरपूर्वी राज्यमा जारी हिंसामा हालसम्म १६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । बहुसङ्ख्यक मेइतेई समूह र आदिवासी कुकी अल्पसङ्ख्यकबीचको जातीय द्वन्द्वका कारण ६० हजार मानिस विस्थापित भएका छन् ।

राज्यमा भीडले तोडफोड र आगजनीको सहारा लिइरहेका छन् र यस क्रममा सयौं घर र पसलहरू जलेर नष्ट भएका छन् । हिंसाका क्रममा प्रहरी चौकी र शस्त्रागारबाट पनि ठूलो सङ्ख्यामा हतियार लुटिएको सञ्चारमाध्यमले जनाएका छन् । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved