नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने सरकारको निर्णय, अन्त्येष्टिका दिन सार्वजनिक बिदा

सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।

नेपालभ्युज

नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने सरकारको निर्णय, अन्त्येष्टिका दिन सार्वजनिक बिदा

काठमाडौं । सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।

सरकारले उनको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णयसमेत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेम्वाङको निधनमा शोक मनाउन एक दिन विदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको बैठकपछि सरकारका प्रवक्ता संचारमन्त्री रेखा शर्माले अन्त्येष्टि संभवत २८ गते हुने बताइन । पारिवारिक सदस्य विदेशमा रहेकाले स्वदेश फर्किएपछि पर्सि अन्तेष्टि हुने सम्भावना रहेको बताइन ।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको हृदयघातका कारण गएराति निधन भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved