नारायणकाजीको ठम्याइ- माओवादी विधिमा चलेन, भ्रष्टीकरण बढ्यो

नेपालभ्युज

नारायणकाजीको ठम्याइ- माओवादी विधिमा चलेन, भ्रष्टीकरण बढ्यो
फाइल तस्वीर

काठमाडौं । गृहमन्त्रीसमेत रहेका माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी विधिमा नचलेको र पार्टीभित्र भ्रष्टीकरण बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

ललितपुर महानगरमा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले पार्टीका नेता कार्यकर्ताको भड्किलो जीवनशैलीका कारण प्रश्न उठिरहेको पनि बताए ।

पहिला पार्टीमा आदर्श, विचार, सिद्धान्त, रणनीति र कार्यनीतिको कुरा हुने गरेको तर अहिले व्यक्तिको मात्रै कुरा हुने गरेको उनको भनाइ थियो ।

पार्टी रुपान्तरण गर्ने हो भने विधिमा चल्नुको विकल्प नभएको उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved