चिकित्सा शिक्षा सरोकार समितिको धर्ना २८ औं दिनमा (तस्वीरहरू)

चिकित्सा शिक्षा सरोकार समितिको धर्ना २८ औं दिनमा (तस्वीरहरू)

काठमाडौं । साउन २७ गतेदेखि माइतीघर मण्डलामा सुरु भएको चिकित्सा शिक्षा सरोकार तथा संघर्ष समितिको ‘धर्ना कार्यक्रम’ आज २८ औं दिनसम्म पनि जारी छ।

संघर्ष समितिका संयोजक निर्मल सापकोटाको नेतृत्वमा बसेको धर्नामा सम्बन्धित विद्यार्थी एवम् पेशाकर्मीको पनि सहभागिता छ ।

चिकित्सा क्षेत्रमा देखापरेको विभिन्न समस्या समाधानको माग गर्दै उनीहरु धर्ना बसेका हुन् ।

उनीहरुले निरंकुश, स्वेच्छाचारी चिकित्सा शिक्षा ऐन संसोधन गर्नुपर्ने, सिटिइभिटीको पुनःसंरचना गर्नुपर्ने, आयोग र सिटिइभिटीको बदनियतले बन्द भएका नर्सिङ कलेजहरुमा तत्काल् भर्ना खोल्नुपर्नेलगायतका १४ सुत्रीय माग राखेका छन्।

विगतमा सञ्चालन हुँदै आएका नर्सिङ कलेज राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ का कारण बन्द भएको भन्दै उनीहरू आन्दोलित बनेका हुन् । उक्त ऐनका कारण सिटिभइभिटीअन्तर्गतका देशभरका चिकित्सा शिक्षा पढाउने दुई सय २८ शिक्षण संस्था बन्द भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved