लोसपाले थाल्यो वडाको बुथ समितिसम्म पुग्ने तयारी

नेपालभ्युज

लोसपाले थाल्यो वडाको बुथ समितिसम्म पुग्ने तयारी

काठमाडौं । आम निर्वाचन पछि सुस्त रहेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले वडाको बुथ समितिसम्म पुग्ने तयारी थालेको छ ।

जनकपुरधाममा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै लोसपाका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले पार्टी संगठनको समिक्षा र सुधार आर स्क्वायर अभियान अन्तर्गत वडाको बुथ समितिसम्म पुग्ने अभियान थालेको बताए ।

पार्टीका नेताहरु पालिका, त्यसको वडा र वडाको बुथ समितिसम्म भ्रमण गर्ने र जिल्ला, निर्वाचन क्षेत्र तथा पालिका स्तरको बैठक बसेर संगठनको समिक्षा तथा सुधारका विषयमा गहन छलफल गर्न लागेको सोनलले बताए ।

पत्रकार सम्मेलनमा अध्यक्ष सोनलले नागरिकता ऐन लागू भएर जन्मसिद्धका सन्तानले नागरिकता पाउनु खुशीको विषय भएपनि आमाको नाममा नागरिकता पाउन अझै झन्झट र अवरोध रहेको बताए ।  उनले प्रहरी समायोजन÷समन्वय ऐन प्रमाणीकरण भएपनि कार्यान्वयन नहुँदा प्रदेश सरकार कमजोर देखिएको र संघियता माथि नै प्रश्न चिन्ह उठेको बताए । उनले सुख्खा र बाढीबाट पीडित मधेसको समस्या समाधानका लागि स्थायी प्रकृतिको समाधान र चुरे क्षेत्रमा भइरहेको अनियन्त्रित र अनियमित बसोवासको नियमन गर्नुपर्ने माग गरे।

लोसपाले पिउने पानीको सतह दिनानुदिन घट्दै गएर मधेसमा शुद्ध खानेपानीको समस्या विकराल हुँदै गएकाले समस्या समाधान र पानी सहज उपलब्धताका लागि तीन तहको सरकार मिलेर समाधानको काम गर्न आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved