अचानक बलिउडबाट गायब भएका थिए यी अभिनेत्री

नेपालभ्युज

अचानक बलिउडबाट गायब भएका थिए यी अभिनेत्री

एजेन्सी । बलिउडमा केही त्यस्ता अभिनेत्री छन् जो एउटा वा केही फिल्ममा देखिएपछि गायब भएका छन् । उनीहरू फिल्मी संसारबाट टाढा आफ्नो जीवन व्यतित गरिरहेका छन् ।

यसमा पहिलो नाम छ असिनको । जसले रेडी, गजनी जस्ता सुपरहिट फिल्ममा सलमान खान तथा आमिर खानजस्ता कलाकारसँग काम गरेकी थिइन् । तर, विवाहपछि उनी पूर्णरूपमा फिल्मी दुनियाँबाट टाढा छन् ।

अहिले उनी घरपरिवारमा नै समय बिताइरहेकी छन् । साथै, सामाजिक सञ्जालमा पनि उनको खासै चर्चा हुँदैन ।

‘राज’ फिल्ममा सन्की युवतीको भूमिका निर्वाह गरेपछि मालिनी शर्मा अचानक गायब भएकी थिइन् । त्यस्तै फिल्म ‘स्वदेश’ की अभिनेत्री गायत्री जोशी पनि अहिले फिल्मी दुनियाँमा सक्रिय छैनन् ।

अभिनेत्री नन्दिनी सिंहले ‘एक और एक ग्यारह’ फिल्मबाट डेब्यू गरेकी थिइन् । तर, उनले पनि फिल्मी करिअरलाई अगाडि बढाउन सकिनन् । त्यस्तै, पूजा साल्वीले पनि ‘नौटंकी शाला’ नामक फिल्मबाट बलिउडमा करिअरको सुरुआत गरेकी थिइन् । जसलाई निरन्तरता दिन सकिनन् ।

त्यस्तै, कोएना मित्रा ‘साकी साकी’ गीतबाट एकदमै चर्चामा आएकी थिइन् । तर, उनलाई पनि बलिउडमा पछि देख्न पाइएन । वीराना फिल्मकी अभिनेत्री जैस्मिन पनि अचानक इन्डस्ट्रीबाट टाढा भएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved