तीनमहिने अभियानबाट माओवादी केन्द्र शक्तिशाली बन्छ : उपाध्यक्ष श्रेष्ठ

नेपालभ्युज

तीनमहिने अभियानबाट माओवादी केन्द्र शक्तिशाली बन्छ : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तीनमहिने अभियानबाट माओवादी केन्द्र शक्तिशाली बन्ने दाबी गरेका छन् ।

शनिबार ललितपुर महानगरपालिका–२८ हरिसिद्धिमा विशेष अभियानको उद्घाटन गर्दै उनले मंसिरमा हुने विधान सम्मेलनबाट र त्यसपछि हुने विशेष महाधिवेशनबाट माओवादी शक्तिशाली बन्ने दाबी गरेका हुन् ।

उनले अभियानको मुख्य कार्यभार ५ वटा भएको जानकारी दिए । उनले भने, ‘हामीले ५ वटा कार्यभार पूरा गर्न तत्कालीन कार्यनीति र रणनीति बनाएका छौं’, उनले भने, ‘शान्तिपूर्ण तरिकाले अगाडि बढाउने र अर्को सरकार, संसद, सडक तीनवटै मोर्चाबाट संघर्षका लागि विशेष अभियान गरेको हो । यी सबै कार्यभार माओवादीले मात्र सक्छ ।’

व्यवस्था परिवर्तनको लडाईँ माओवादीले गरेकाले सामाजिक तथा आर्थिक रुपान्तरण पनि माओवादीले नै गर्ने उनको दाबी छ ।

उनले राष्ट्रिय कार्यभारमा राष्ट्रिय स्वाधीनता, अखण्डता र राष्ट्रिय सुरक्षालाई बलियो बनाउने,  संघर्षपछि प्राप्त उपलब्धिको रक्षा गर्ने,राजनीति परिवर्तनबाट प्राप्त उपलब्धिबाट सामाजिक–आर्थिक रूपान्तरण गर्ने शान्ति प्रक्रियालाई पूरा गर्ने  र समाजवादको आधार तयार गरी समाजवाद नेपाल निर्माण गर्नेजस्ता पाँचवटा कार्यभार पूरा गर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved