एसिया कप क्रिकेट : श्रीलंकाले बंगलादेशलाई ५ विकेटले हरायो

नेपालभ्युज

एसिया कप क्रिकेट : श्रीलंकाले बंगलादेशलाई ५ विकेटले हरायो

एजेन्सी । एसिया कप क्रिकेटमा घरेलु टोली श्रीलङ्काले बङ्लादेशलाई पाँच विकेटले हराएको छ ।

श्रीलंकाको क्यान्डीमा जितका लागि १ सय ६५ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ३९ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो ।

श्रीलङ्काका चरिथ असलङ्का ६२ रनमा नटआउट रहे । बङ्लादेशका कप्तान सकिब अल हसनले २ विकेट लिए । तस्किन अहमद, मेहदी हसन र शोरिफुल इस्लामले एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बङ्लादेश ४२ ओभर ४ बलमा एक सय ६४ रनमा अलआउट भएको थियो ।

बङ्लादेशका नाज्मुल हसन शान्टोले सर्वाधिक ८९ रन बनाए । श्रीलङ्काका तीव्र गतिका बलर मथिसा पाथिरानाले ४ विकेट लिए । त्यस्तै, महेश थिक्सेनाले २ विकेट लिए ।

एसिया कपमा भोलि शनिबार भारत र पाकिस्तानबीच खेल हुनेछ । त्यस्तै, सोमवार नेपाल र भारत खेल्नेछन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved