गृहमन्त्रीले भने- सरकारसँगै सुशासनको अभियान असफल बनाउने दुष्प्रयास भइरहेको छ

नेपालभ्युज

गृहमन्त्रीले भने- सरकारसँगै सुशासनको अभियान असफल बनाउने दुष्प्रयास भइरहेको छ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारसँगै सरकारले थालेको सुशासन अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताएका छन् ।

बिहीबार नेपाल पर्वतारोहण संघको ३३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारको सुशासनको अभियानलाई असफल बनाउन ठूलो शक्ति लागिपरेको पनि बताए ।

‘जुन प्रवृत्ति र तागतका विरुद्ध सुशासनको अभियान सुरु गरिएको हो, सोही प्रवृत्ति र तागतहरु संगठित भएर सरकारको अभियान असफल पार्न लागिपरेका छन्’, उनले भने ।

उनले सुशासनको अभियानलाई सफल बनाउँदै नेपाललाई समृद्ध नेपाल छाड्ने प्रतिबद्धता पनि व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved