रुसको पेस्कोभ विमानस्थलमा ड्रोन आक्रमण, कार्गो विमानमा क्षति

नेपालभ्युज

रुसको पेस्कोभ विमानस्थलमा ड्रोन आक्रमण, कार्गो विमानमा क्षति
रुसका सैन्य कार्गो विमान

एजेन्सी।  रुसको उत्तर-पश्चिमी सहर पेस्कोभको एउटा विमानस्थलमा ड्रोन आक्रमण भएको छ ।

गएराति भएको आक्रमणबाट हुँदा दुईवटा सैन्य कार्गो विमानमा क्षति पुगेको रुसी समाचार एजेन्सीहरूले जनाएका छन् ।

इलुसिन ७६ नामक कार्गो जहाजमा आक्रमणपछि आगो लागेको खबरमा उल्लेख छ । स्थानीय गभर्नरका अनुसार सेनाले केही ड्रोन आक्रमणलाई आकासमै निस्तेज पारिदिएको थियो ।  तर केही ड्रोन भने विमानस्थलमा पुग्न सफल हुँदा ठूलो आगलागि भएको हो ।

पेस्कोभ युक्रेनबाट ६ सय किलोमिटर टाढा रहेको छ भने इस्टोनियासँग सीमा नजिक छ।

युक्रेनले पछिल्लो आक्रमणमा आफू संलग्न रहेको बताएको छैन तर रुसभित्र भएका आक्रमणका बारेमा युक्रेन नै जिम्मेवार रहेको ठानिन्छ ।

रुसको बेल्गोरोड क्षेत्रमा भएको ड्रोन आक्रमणमा गत हप्ता तीन जनाको मृत्यु भएको थियो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved