चन्द्रमामा अक्सिजन रहेको पुष्टि, चन्द्रयान-३ ले पठायो महत्वपूर्ण जानकारी

नेपालभ्युज

चन्द्रमामा अक्सिजन रहेको पुष्टि, चन्द्रयान-३ ले पठायो महत्वपूर्ण जानकारी
चन्द्रयान-३ ले पठाएको चन्द्रमाको तश्वीर ।

एजेन्सी । भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा पठाएको चन्द्रयान-३ ले महत्वपूर्ण जानकारी पठाएको छ ।

भारतीय अन्तरीक्ष एजेन्सी इसरोले चन्द्रयान-३ को रोभरमा रहेको उपकरणबाट धेरै महत्त्वपूर्ण जानकारी पाएको  जनाएको छ । इसरोका अनुसार चन्द्रमाको दक्षिणी ध्रुवमा सल्फर, अक्सिजनलगायत धेरै पदार्थको उपस्थिति पुष्टि भएको छ ।

इसरोले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै भनेको छ, “प्रारम्भिक विश्लेषणले चन्द्रमाको सतहमा एल्युमिनियम, सल्फर, क्याल्सियम, फलाम, क्रोमियम र टाइटेनियमको उपस्थिति पुष्टि गरेको छ।”

यसरोले थप अनुसन्धानले त्यहाँ म्याङ्गनीज, सिलिकन र अक्सिजनको उपस्थिति पत्ता लगाएको बताएको छ। हाइड्रोजनको उपस्थितिबारे अनुसन्धान भइरहेको छ ।

यसअघि चन्द्रमाको दक्षिणी ध्रुवमा पठाइएको भारतको चन्द्रयान मिशनको रोभर ‘प्रज्ञान’ले पृथ्वीमा बसोबास गर्ने मानिसलाई सन्देश पठाएको थियो ।

यो सन्देशमा प्रज्ञानले आफू र उनका साथी विक्रम (ल्यान्डर) दुवै अहिले ठीक रहेको बताएका छन् ।

अगस्ट २३ मा भारतले चन्द्रयान–३ मिशनलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेर इतिहास रचेको थियो । भारत दक्षिण ध्रुवमा अवतरण गर्ने पहिलो देश हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved