गएराति केही ठाउँमा भारी वर्षा, यस्तो हुनेछ आजको मौसम

नेपालभ्युज

गएराति केही ठाउँमा भारी वर्षा, यस्तो हुनेछ आजको मौसम

काठमाडौं ।  गएराति केही ठाउँमा भारी वर्षा, यस्तो हुनेछ आजको मौसम

काठमाडौं । देशैभर मनसुन सक्रिए नभएपनि गएराति देशका केही ठाउँमा भारी वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गएराति झापा, मोरङ्, सप्तरी उदयपुर, सर्लाही, बारा, धनुषा, चितवन, गोरखा, लमजुङ, पोखरा लगायतका स्थानमा भारी वर्षा भएको हो । ती ठाउँमा बाढी पहिरोको जोखिम भएकाले बिहानसम्मै सतर्कता अपनाउन भनिएको छ ।

महाशाखाका अनुसार हाल कोशी, मधेश बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी भू-भागको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved