मोदीलाई पुटिनले भने- म भारत आउँदिन, विदेशमन्त्री पठाउँछु

नेपालभ्युज

मोदीलाई पुटिनले भने- म भारत आउँदिन, विदेशमन्त्री पठाउँछु

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सोमबार फोनवार्ता भएको छ ।

यसै क्रममा पुटिनले अर्को महिना दिल्लीमा हुने जी–२० बैठकमा सहभागी हुन असमर्थता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार यस अवधिमा दुई नेताबीच धेरै विश्वव्यापी विषयमा छलफल भएको थियो । भारतीय प्रधानमन्त्री कार्यालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ, “दुई नेताहरूले द्विपक्षीय र साझा विश्वव्यापी मुद्दाहरूमा छलफल गरेका छन्”।

विज्ञप्तिमा भनिएको छ, “वार्ताका क्रममा राष्ट्रपति भ्लादिमिर पुटिनले सेप्टेम्बर ९ र १० मा दिल्लीमा हुने जी-२० बैठकमा भाग लिन असक्षमता प्रकट गर्नुभयो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभले यस बैठकमा रूसको प्रतिनिधित्व गर्ने बताउनुभयो।” ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved