ललितानिवास प्रकरणमा दाङका सीडीओ पनि फरार प्रतिवादी

नेपालभ्युज

ललितानिवास प्रकरणमा दाङका सीडीओ पनि फरार प्रतिवादी

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई पनि प्रतिवादी बनाएको छ ।

सीआईबीले सहसचिव वैद्यलाई फरार प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयलाई रायसहितको अनुसन्धान प्रतिवेदन पेस गरेको हो ।

२०७० सालमा वैद्य काठमाडौंको भूमिसुधार अधिकारी हुँदा पशुपति टिकिन्छा गुठीका नाममा सरकारी जग्गा दर्ता गरी नक्कली मोही खडा गरेर हिनामिनामा सघाएको सीआईबीको निष्कर्ष छ ।

सीआईबीले उनीविरुद्ध एक करोड आठ लाख ७९ हजार तीन सय १० रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गर्न सिफारिस गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved