पाँच वटा प्रदेशमा दिनभर झरीको सम्भावना, रातिदेखि मौसम खुल्दै जाने

नेपालभ्युज

पाँच वटा प्रदेशमा दिनभर झरीको सम्भावना, रातिदेखि मौसम खुल्दै जाने
सांकेतिक तश्वीर

काठमाडौं। आज पश्चिमको तुलनामा मध्य र पूर्वी क्षेत्रमा धेरै पानी पर्ने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही  कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती , गण्डकी  र लुम्बिनी  प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, र गण्डकी  प्रदेशका थोरै स्थानहरू  तथा मधेश र लुम्बिनी प्रदेशको  एक-दुई स्थानमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको  समेत सम्भावना रहेको छ।

रातप देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी  प्रदेशका  केही  स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश,  बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/ ट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

आज रातिदेखि विस्तारै मौसम खुल्न थाल्ने मौसमविद्ले जनाएका छन् । भोलि शनिबार दिउँसोदेखि भने देशैभरको मौसममा सुधार आउने अनुमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved