टर्कीको क्यानाक्कले प्रान्तमा भीषण आगलागी, गाउँहरू खाली गर्न आदेश

नेपालभ्युज

टर्कीको क्यानाक्कले प्रान्तमा भीषण आगलागी, गाउँहरू खाली गर्न आदेश

इस्तानबुल। टर्कीको उत्तरपश्चिमी क्यानाक्कले प्रान्तमा भीषण आगलागी भएको छ । टर्कीको उत्तरपश्चिमी क्यानाक्कले प्रान्तको जंगलमा लागेको डढेलो निभाउन गाउँहरू खाली गर्न आदेश दिइएको छ ।

डढेलो लागेको जंगलको छेउमा रहेको कायदेरे गाउँका बासिन्दाहरूलाई स्थानान्तरण गर्न क्यानाक्कले प्रान्तका मेयरले निर्देशन दिएका हुन् । अन्य गाउँहरू पनि पूरै खालि गर्न अधिकारीहरूले निर्देशन दिइएको बताइएको छ ।

उनीहरूले नागरिकलाई अर्को स्थानमा जान र वैकल्पिक मार्ग प्रयोग गर्न सुझाएका थिए । आगलागीबाट  कुनै मानवीय क्षति भने नभएको मेयर इल्हामी अक्तासले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved