एमाले अध्यक्ष ओली यही वर्ष पक्राउ पर्ने मेटमणि चौधरीको दाबी

नेपालभ्युज

एमाले अध्यक्ष ओली यही वर्ष पक्राउ पर्ने मेटमणि चौधरीको दाबी

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यही वर्ष पक्राउ पर्ने दाबी गरेका छन् ।

मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अध्यक्ष ओली पनि सुन तस्करीमा संलग्न रहेको आरोपसमेत लगाए ।

उनले ‘सबै काण्डहरुम्को अग्रपंक्तिमा केपी ओलीको नाम आएपनि किन पक्राउ नगरेको ?’ भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफूले प्रश्न गरेको पनि बताए ।

‘मैले राष्ट्रपति निवासमा आज गृहमन्त्रीसँग भनें– सुन काण्डमा केपी ओलीको नाम आइसकेको छ, अरु जति काण्ड छन् सबै काण्डमा केपी ओली एक नम्बरमा छन् । तर उनलाई किन पक्राउ नगरेको ?’, उनले भने ।

चौधरीले प्रायः एमाले अध्यक्ष ओलीविरुद्ध कडा अभिव्यक्ति दिइराख्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved