रुससँगको कैदी आदान-प्रदानअन्तर्गत २५ सयभन्दा बढी युक्रेनी नागरिक रिहा

नेपालभ्युज

रुससँगको कैदी आदान-प्रदानअन्तर्गत २५ सयभन्दा बढी युक्रेनी नागरिक रिहा

मस्को। रुस–युक्रेन द्वन्द्वमा बन्धक बनाइएका दुई हजार ५ सय ९८ युक्रेनी नागरिकलाई कैदी आदान-प्रदान गर्ने सहमतिअनुसार रिहा गरिएको युक्रेन समाचार संस्था, इन्टरफ्याक्सले शुक्रबार जनाएको छ ।

युक्रेनको सैन्य गुप्तचर निकायका प्रवक्ता एन्ड्री युसोभका अनुसार युक्रेनले द्वन्द्व सुरु भएदेखि अहिलेसम्म रुससँग ४८ जना कैदी आदान-प्रदान गरिसकेको छ ।

युसोभले द्वन्द्वको सक्रिय चरणमा भएको युक्रेन र रूसबीच कैदी अदलाबदलीको प्रक्रियालाई ‘अभूतपूर्व स्थिति’ को रूपमा वर्णन गरेका छन् ।

युसोभका अनुसार जेनेभा कन्भेन्सनले शत्रुताको सक्रिय चरणमा प्रत्यक्ष रूपमा आदान-प्रदानको व्यवस्था गर्दैन र यसले शत्रुताको अन्त्यपछि युद्धबन्दीहरूको फिर्तीको व्यवस्था गर्दछ ।

दुई देशबीच थप कैदी आदान-प्रदानको तयारी भइरहेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved