इजरायलमा सावित्रा चम्किइन, डेब्यु खेलमै गोल

नेपालभ्युज

इजरायलमा सावित्रा चम्किइन, डेब्यु खेलमै गोल

काठमाडौं। नेपाली राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारीले इजरायल यात्रामा सुखद् सुरुवात गरेकी छिन् ।

सावित्रा भण्डारी ‘साम्बा’ ले डेब्यु खेलमै गोल गर्दा हापोएल रानानाले नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।

अथेना कप प्रतियोगिताको दोस्रो चरणमा हापोएल रानानाले हादेरालाई २-० ले पराजित गरेको हो । रानानाका लागि आदि गोल्डेन र साम्बाले १-१ गोल गरे ।

सावित्राले युरोपेली लिग खेल्ने राष्ट्रको नकआउट प्रतियोगितामा गोल गर्दै इतिहास पनि रचेकी छिन् । क्लबले अब प्रतियोगिताको अर्को चरणमा प्रतिस्पर्धा गर्नेछ ‌। उक्त खेल सोमबार हुनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved