केशव स्थापितले एमाले छाडे, अब सक्रिय राजनीति नगर्ने

नेपालभ्युज

केशव स्थापितले एमाले छाडे, अब सक्रिय राजनीति नगर्ने

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य केशव स्थापितले पार्टी छाडेका छन् ।

आफूलाई अब आराम चाहिएको भन्दै स्थापितले पार्टीबाट बिदा मागेको एमाले स्रोतले जनाएको छ । स्थापितले आफू पार्टीबाट बिदा हुन चाहेको भन्दै निवेदन दिएका थिए ।

सोमबार बसेको सचिवालय बैठकले उनलाई बिदा दिने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिएका छन् ।

२०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनेर उनि पराजित भएका थिए । त्यसअघि उनि काठमाडौं ६ बाटै प्रदेश सभा सदस्य निर्वाचित भएका उनी बागमती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए।

२०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका उनले केही उदाहरणीय कामसमेत गरेका थिए ।

एमाले विभाजन भएर बनेको अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा क्रियाशील भएका थिए। पछि भने स्थापित एमालेमै फर्केर सक्रिय राजनीतिमा लागेका हुन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved